ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन
News Desk
May-28 , 2024 तारिख 10:02 बेलुका

काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि  ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।सदनमा आर्थिक वर्ष २०८१र८२ को ेबजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको उल्लेख गर्नु भएको हो ।