दिवा खाजाको रकम कटौती
News Desk
May-28 , 2024 तारिख 10:34 बेलुका

काठमाण्डौ । सरकारले दिवा खाजाको लागि रकम कटौती गर्दै आएको छ।

आज अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै कक्षा-५ सम्मको लागि दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड मात्रै विनियोजन गरेको जानकारी दिए।

गत वर्ष सरकारले ८ अर्ब ४५ करोड विनियोजन गरेको थियो। गत वर्षको तुलनामा ६ करोड घटेर आएको छ।

तर पनि उनले  कर्णाली प्रदेशको लागि दिवा खाजा रकम वृद्धि गर्ने घोषणा गरे र दिवा खाजाबाट ३० लाख बालबालिका लाभान्वित हुने बताए।