पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन
News Desk
May-28 , 2024 तारिख 10:40 बेलुका

काठमाण्डौ । सरकारले पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ ।

आज मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालमा विवाहका लागि आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने बताए ।

जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको बताउँदै उनले मे २९ लाई सगरमाथा दिवसलाई विशेष रुपमा मनाइने बताएका छन ।

भरतपुर विमानस्थलको स्तरोन्नति आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए । त्यसका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिने बताउनु भयो ।

अर्थमन्त्री पुनले नागरिक उड्यन पूर्वाधार बनाउन ३ अर्ब ७७ करोड विनियोजन गरेको बताए । आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवद्र्धन गरिने बताए ।