News Desk
काठमाण्डौं । नेपाल एशोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स नाट्टाको शनिवार सम्पन्न निर्वाचनबाट कुमारमणि थपलिया अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति अन्तर्गत पदाधिकारीतर्फको प्रतिस्पर्धाबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर, उपाध्यक्षमा घनश्याम घिमिरे, महासचिवमा युविका भण्डारी, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्ष ढकनाथ काफ्ले विजयी भएका छन् । त्यसैगरि कार्यसमिति सदस्यतर्फ श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल निर्वाचित भएका छन् ।