News Desk
हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका समस्या समाधान गर्न सकिने बताएका छन। बुधवार पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले उद्योगमा विभिन्न समस्या भए पनि समाधान गर्न सकिने बताएका हुन।
संघीय मन्त्रिपरिषदले केही दिनअघि भण्डारीलाई उद्योगको अध्यक्षमा नियुक्ति गरेको थियो। ‘विगत ३/४ वर्षमा भएको कमीकमजोरी पहिल्याउने छौँ‚’ भण्डारीले भने‚ ‘समाधानको अल्पकालीन र दीर्घकालीन बाटो तय गरिनेछ।’
अध्यक्ष भण्डारीले उद्योगको नाजुक र चुनौतीपूर्ण अवस्था सुधार गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै नेतृत्वले सुम्पेको जिम्मेवारीलाई पूरा गर्ने गरी दीर्घकालीन र अल्पकालीन सोच बनाएर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
महाप्रवन्धक वसन्तकुमार पाण्डेले उद्योगको अवस्था राम्रो नभएको बताउँदै आन्तरिक स्रोतबाट उद्योग संचालन हुने अवस्था नरहेको बताए। उनले सरकारको उचित निर्णय र सहयोग आवश्यक रहेको बताए।
‘उद्योगबाट अवकाश भएका कर्मचारीको उपदान दिन सकिएको छैन‚’ उनले भने‚ ‘अर्थ मन्त्रालयसम्म पहल गरिएकोमा कम्तिमा २ वर्षका लागि समस्या अस्थायी रुपमा समाधान हुने देखिएको छ।’
उद्योगको समस्या टुङ्गिने वातावरण बन्ने तर नटुङ्गिने गरि क्रियाकलाप भैरहेकोले उद्योग हालको अवस्थामा रहेको उनले बताए।
नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले ५ हजारभन्दा बढीलाई रोजगारी दिने उद्योग बन्द हुन नदिन बताए। ५२/५३ वटा चुन ढुङ्गा तथा सिमेन्ट उद्योगसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले यही हालतमा उद्योगले गति लिन नसक्ने भनाई राखेका थिए।
संविधानसभा सदस्य अनन्त पौडेलले सबै मिलेर सार्थक प्रयास गरे सफल हुन सकिने धारणा राखे। कुनै समय मुनाफामा चलेको सिमेन्ट उद्योग नेपालकै खानीले बाँच्नुपर्नेउनले बताए