आजबाट ‘प्रथम नेपाल आँप फेस्ट’ शुरु
News Desk
Jun-21 , 2024 तारिख 12:58 बेलुका

काठमाडौंमा आजबाट ‘प्रथम नेपाल आँप फेस्ट’ शुरु भएको छ। ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ नाराका साथ हुने फेस्ट असार ९ गतेसम्म चल्नेछ।

यो फेस्ट किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आयोजनामा भएको हो । सर्लाही, सप्तरी, र सिराहाका ५० किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू यो मेलामा प्रदर्शनी गरिएको छ।

धेरै पढिएको