किसानहरुप्रती संवेदनशील हुन सरकार र सरोकारावालाहरुलाई डेरी एशोसिएसनको माग
News Desk
Jun-22 , 2024 तारिख 10:49 बेलुका

काठ​माण्डौ।  किसानप्र​ति डेरी व्य​व​सायीह​रु संवेदनशील भ​ए ज​स​री स​र​कार​ र​ स​रोकारावालाह​रुलाई स​म​स्या स​माधान​का लागि संवेदनशील हुन​ आग्र​ह​ ग​रेको छ​ । अषाढ​ ०८ ग​ते श​निवार​ प्रेस विज्ञप्तीमार्फ​त​ एशोसिएस​न​ले उक्त​ आग्र​ह​ ग​रेको हो । कृषि तथा पशुपन्छी क्षेत्रले गर्दा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुगेको जिकिर ग​र्दै एसोसिएसनले भ​नेको छ​ 'कृषि तथा पशुपन्छी क्षेत्रले गर्दा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुगेको कुरा हामी सबैलाई सर्वविधितै छ। यसभित्र पनि दुग्ध क्षेत्रको ठूलो योगदान रहेको छ। यस क्षेत्रले ६ लाख कृषक परिवार ४५ हजार उद्योग क्षेत्रमा रोजगार, दैनिक ६ करोडभन्दा बढी नगद शहरबाट गाउँसम्म प्रवाह, २ अर्ब भन्दा बढी राजस्व संकलन, पूर्ण पौष्टिक आहारको पूर्णता लगायत धेरै योगदान सहितको भूमिका दुग्ध क्षेत्रले खेलेको छ । गएको भूकम्प, नाकाबन्दी, कोभिड जस्ता विपत्ति आउँदा पनि उद्योग र दुग्ध  कृषकको सम्बन्धमा कहिल्यै पनि यस्तो असहज परिस्थिति नआएको कुरा स्मरण गराउन चाहन्छौँ '। 

कोभिड पश्चात संसारभरि आर्थिक मन्दी बढ्दा उत्प​न्न​ प​रिस्थिती र​ बजारको माग घट्दै जाँदा दूध तथा दुग्ध पदार्थको उपभोगमा कमी आउन थालेको ज​नाउदै कृषकले उत्पादन गरेको दुध र उपभोगको अन्तर बढ्दै जाँदा उद्योगसँग रहेको धुलो दुध र बटरको मौजदात बढ्दै गएर​ हालको परिस्थिति निकै दयनीय भएको आनि एअशोसिएस​न​ले स्प्ष्ट​ पारेको छ​ ।

............................


प्रेस विज्ञप्ती               २०८१/०३/०८


कृषि तथा पशुपन्छी क्षेत्रले गर्दा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुगेको कुरा हामी सबैलाई सर्वविधितै छ। यसभित्र पनि दुग्ध क्षेत्रको ठूलो योगदान रहेको छ। यस क्षेत्रले ६ लाख कृषक परिवार ४५ हजार उद्योग क्षेत्रमा रोजगार, दैनिक ६ करोडभन्दा बढी नगद शहरबाट गाउँसम्म प्रवाह, २ अर्ब भन्दा बढी राजस्व संकलन, पूर्ण पौष्टिक आहारको पूर्णता लगायत धेरै योगदान सहितको भूमिका दुग्ध क्षेत्रले खेलेको छ । गएको भूकम्प, नाकाबन्दी, कोभिड जस्ता विपत्ति आउँदा पनि उद्योग र दुग्ध  कृषकको सम्बन्धमा कहिल्यै पनि यस्तो असहज परिस्थिति नआएको कुरा स्मरण गराउन चाहन्छौं । कोभिड पश्चात संसारभरि आर्थिक मन्दी बढ्दा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । बजारको माग घट्दै जाँदा दूध तथा दुग्ध पदार्थको उपभोगमा कमी आउन थाल्यो। जसले गर्दा कृषकले उत्पादन गरेको दुध र उपभोगको अन्तर बढ्दै जाँदा उद्योगसँग रहेको धुलो दुध र बटरको मौजदात बढ्दै गयो र हालको परिस्थिति निकै दयनीय भएको कुरा जानकारी गराउन चाहन्छौं। कृषकहरूको दुध उत्पादन गरी भुक्तानी गर्नुपर्ने कुराको संवेदनशीलता हामीले बुझ्दा बुझ्दै पनि असहज परिस्थितिका कारण हालको अवस्थामा छौं । आ।ब। २०८१ / ८२ को बजेटमा नेपाल डेरी एसोसिएसनले दूग्ध पदार्थमा ५० प्रतिशत  भ्याट रिबेट, प्याकेजिङ र स्पेयर पार्ट्समा एक प्रतिशत भन्सार दर, कृषि कर्जाको निरन्तरता,  बिजुलीमा ५० प्रतिशत छुट लगायतका कुराहरुको माग राखेकोमा केहि पनि सम्बोधन नभएकाले उत्पादन लागत घटाउन नसक्दा उपभोग बढाउन सकिएन । यस्तो परिस्थितिमा पनि कृषकको मर्मलाई आत्मसाथ गर्दै नेपाल डेरी एसोसिएसनका सदस्यहरुले भुक्तानीलाई निरन्तरता दीरहेको कुरा विगतको करिव ७ अर्ब त्यति धेरै  रकमको भुक्तानी र हाल बाँकी करिव ४ अर्ब  भुक्तानीको रकमले पनि पुष्टि हुन्छ । नेपाल डेरी एसोसिएसनका सदस्यहरुले चैत्र मसान्तसम्मको भुक्तानी लगभग सबैले गरिसकेका र २/४ जना बाँकी सदस्यहरुको पनि चाडैं भुक्तानी हुने प्रतिबद्धता आएको र एसोसिएसनले पनि कोहि कसैको भुक्तानी गर्न बाँकी हुँदा किसानको मर्म र भावना बुझी यथासक्य चाँडो भुक्तानी गर्न निर्देशन गरिसकेको छ । आशा छ आउने दिनको भुक्तानीहरूमा अहिलेको असहजता बुझी सरकारको पनि सहयोग गरि भुक्तानीलाई निरन्तरता दिन सबैको प्रयत्न रहिरहने नै छ । यो विज्ञप्ति मार्फत किसानहरु यसरी सडकमा आउँदा परेको अफ्ट्यारोमा दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्तो अवस्था आउन नदिन एसोसिएसन हर प्रयासमा लाग्ने छ ।  हामीले आम किसान विशेषगरी सरकारलाई बाँकी भुक्तानी चुक्ता गर्न भएको कठिनतालाई बुझी हालको स्टकलाई धितो मानी सरल कर्जा उपलब्ध गराउने र दुग्ध पदार्थ निर्यातका लागि अनुदान उपलब्ध गराउँदा अझ सहज रुपमा चाँडोभन्दा चाँडो  सम्पूर्ण भुक्तानी हुने कुराको प्रतिबद्धता जनाउन सकिन्छ । आशा छ नेपाल डेरी एसोसिएसनका सदस्यहरुले जसरी संवेदनशील भई किसानको भुक्तानीमा लागेका छन्, त्यसरी नै सरकार र अन्य सबै सरोकारवालाहरुले पनि संवेदनशील भई किसानको भुक्तानीमा साथ दिई दुग्ध किसानहरुलाई पूर्ण साथ दिई आगामी दिनमा यसरी सडकमा आउन नपर्ने गरि सबै समस्या हल गर्न पनि अनुरोध गरिन्छ। अन्त्यमा हाम्रा सम्पूर्ण अनुरोध प्रति सरकार र सरोकारवालाहरु सकारात्मक हुने कुरामा विश्वस्त छौं ।