मध्य कालिगण्डकी जलविद्युत आयोजनाका लागि नौ अर्ब १२ करोड लगानी उठयो
News Desk
Jun-24 , 2024 तारिख 07:47 बेलुका

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालिगण्डकी नदीमा निर्माण शुरु हुन लागेको मध्य कालिगण्डकी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ।

आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६।३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिमिटेडका अगुवाइमा ६ वाणिज्य बैंकले नौ अर्ब १२ करोड लगानी गर्ने भएका हुन।

केही दिनअघि नबिल बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको सम्झौता भएको मध्य कालिगण्डकीको पूर्वाधार निर्माणको तयारी गरेको आयोजना प्रमुख चन्द्र ढकालले जानकारी दिए।  सन २०२४ मा भौतिक निर्माण शुरु हुने आयोजना चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्षसमेत रहेका ढकाल र बैंकहरुको तर्फबाट सहवित्तीयकरणको नेतृत्व गरेको नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए। 

कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत लगानी नबिलसहित एभरेष्ट  बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले गर्ने भएका छन। २५ प्रतिशत प्रवर्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ। 

नबिल बैंकले तीन अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई(दुई अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले एक(एक अर्ब लगानी गर्नेछन। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८।४० र वर्षायामको दर ४।८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट एक अर्ब नौ करोड र वर्षामा २७७ गिगावाटबाट एक अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ।

मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालिगण्डकी नदीबाट पाँच जलविद्युत आयोजना निर्माणको तयारी भएको छ। यी आयोजना निर्माणको तयारीसँगै कालिगण्डकी ऊर्जा नदीमा रूपान्तरण हुन लागेको छ। घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा करिब ४०० मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणको प्रक्रियामा छन। रासस