देशभर आज ६२ लाख लिटर दही खपत हुने नेपाल डेरी एसोसिएसनको प्रक्षेपण
News Desk
Jun-29 तारिख 12:17 बेलुका

काठमाण्डौं । नेपाल डेरी एसोसिएसनले देशभर आज ६२ लाख लिटर दही खपत हुने प्रक्षेपण गरेको छ । दैनिक जम्मा ३१ लाख लिटर दूध बजारमा आउने गरेकोमा दहिको लागि २५ प्रतिशत अर्थात ७ लाख २७ हजार लिटएर दैनिक खपत हुने गरेको नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभयो।

आज असार १५ को लागि ७र८ गुना बढी दहि खपत हुन्छ । यो भनेको ७ लाख २७ हजार लिटएर मा ७र८ गुनाले ६२ लाख लिटएर हो । यसको मूल्य भनेको १५० देखि २०० सम्म पर्छ भनेपछि एभ्रेज भनेको १७० हो । उहाँले दही खपत बारे जानकारी दिदै भन्नुभयो । 

६२ लाख लिटरको १७०र प्रती लिटरले १ अर्ब ५४ करोड बराबर रकमको दहि आज असार १५ मा बिक्री हुने अनुमान एसोसिएसनले गरेको छ। दिउसभर पुरै घाम लागेको खण्डमा अनुमान मिल्ने पनि दाहालले बताउनुभयो । यदि पानी परेको खण्डमा ५ देखि १० प्रतिशतसम्म कम बिक्री हुने उहाँको प्रक्षेपण छ ।

धेरै पढिएको