ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्य नेत्रित्वको उद्यमि व्यवसायीको टोलीले आज प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटि व्यापार व्यवसायको क्षेत्रका समस्या बारे अवगत गराएको छ । भेटका अवसरमा देशको ४५ औ प्रधानमन्त्री नियुक्त हुनु भएका ओलीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै ललितपुर चेम्बरले उहाको कार्यकाल सफल भएको हेर्न चाहेको कुरा व्यक्त गरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
साथै,ललितपुर चेम्बरले नेपालको विकासलाई गति प्रदान गर्दै सम्रिद्धता हासिल गर्न व्यवसायीहरु प्रति सरकार लचिलो बन्नुको विकल्प नरहेको आफुहरुले औल्याएको पनि उहाले बताउनुभयो । आर्थिक गतिविधिलाई चलायमान बनाउन प्रधानमन्त्रिले विशेष जोड दिनुपर्नेमा प्रतिनिधिमण्डलले माग गरेको शाक्यल्र राज्यदैनिकलाई बताउनु भएको छ ।
उक्त मागहरु उपर प्रतिक्रिया जनाउने क्रममा प्रधानमन्त्रीले निजि क्षेत्रका समस्या समाधान गर्नुपर्ने माग प्रति आफु सकारात्मक रहेको बताउनुभएको पनि उहाले उल्लेख गर्नुभयो ।