अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर बैंकरहरुले गरे नाफा घटेको बारे गुनासो
News Desk
Jul-20 , 2024 तारिख 01:08 बेलुका

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर बैंकरहरुले नाफा घटेको बारे गुनासो गरेका छन।

नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा नेपाल बैंकर्स संघका पदाधिकारीहरुले नाफा ८ प्रतिशतले घटिरहेको अवस्थामा सडकबाटै ऋण तिर्दिनँ भन्नेहरु बढेको बताएका हुन। 

अर्थमन्त्रीसँगको भेटमा संघका अध्यक्ष सुनिल केसीले अहिले बैंकिङ क्षेत्र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउँदै सरकारबाट समस्या समाधानका लागि उचित पहल हुनेमा आफूहरू आशावादी रहेको बताएका हुन।