नेपाल डेरी एसोसिएसनले पाँच वर्षीय रणनीति तयार गर्ने
News Desk
Aug-03 , 2024 तारिख 11:25 बेलुका

काठमाडौँ श्रावण १९ गते नेपाल डेरी एसोसिएसन केन्द्रीय बैठक केन्द्रीय कार्यालय शन्खमुल, ललितपुरमा सम्पन्न भयो।  बैठक केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालज्यूको अध्यक्षतामा बसी मेचीदेखि महाकालीसम्मका सातै प्रदेशका अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। एसोसिएसनको केन्द्रीय बैठक ३३ महिनामा बस्छ भने सचिवालयको नियमित एक एक महिनामा र आवश्यक अनुसार जति पटक पनि बस्ने गरेको कुरा महासचिव हेमचन्द्र खनालले जानकारी दिनुभयो । 

यसपटकको बैठकमा समसामयिक विषयदेखि अत्यन्त महत्वपूर्ण विषयहरुमा छलफल भएको कुरा केन्द्रीय सचिव शिवहरी आचार्यले बताए ।  बैठकले एसोसिएसनले पाँच वर्षीय रणनीति तयार गर्ने महत्वपूर्ण निर्णय गरेको छ भने किसानलाई भुक्तानी गर्नुपर्ने कुरामा पनि घनिभूत छलफल आफ्ना सदस्यहरूलाई समयमै किसानको भुक्तानी गर्ने एसोसिएसनले निर्देशन गर्ने कुरा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दीप प्रसाद धमलाले बताए ।

एसोसिएसनले नयाँ आवको लागि बजेट एवं वार्षिक कार्यक्रम पास गरेको कुरा उपमहासचिव विजय चौरसियाले जानकारी गराए ।