News Desk
काठमाडौ । नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा पुःन ऋषिकेश तिमल्सिना चयन हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न संघको पाचौ अधिबेशन एवं नवौ साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सभाले अध्यक्षमा ऋषिकेश तिमिल्सिना,वरिष्ठ उपाध्यक्ष आनन्द श्रेष्ठ,प्रथम उपाध्यक्ष टेकबहादुर काफ्ले,उपाध्यक्ष सुभाष गोयल,सचिव केशव ज्ञवाली ,सह-सचिव नन्दी केशर रिजाल ,कोषाध्यक्ष नारायण न्यौपाने र सदस्यहरूमा मुकेश अग्रवाल ,जीवन कुमार थापा , सुब्बा कार्की ,डिल्ली प्रसाद खतिवडा ,भुवल अधिकारी चयन गरेकाे छ ।काठमाडौमा आयोजित संघको साधारणसभा उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष श्रीकृष्ण बैद्यले कस्मेटिक व्यवसायी संघ लगायतलाई नेपाल उद्योग बाणिज्य महासंघमा ल्याउने गरि बिधान संसोधन गर्न लागेको बताए । उनले महासंघ सदैव व्यवसायीको हक हितमा प्रतिबद्ध रहेको बताए ।उनले व्यवसायको नबिकरण प्रणालीमा समस्या रहेको बताउदै लचकता अपनाउन ध्यानाकर्षण गराए । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले व्यवसायीहरुमाथी थुपारेको करले मारमा परेको बताए । ४६ किसिमको कर तिराइएको र चोरी पैठारी कम गर्न करको दर कम गर्न राज्यलाइ सुझाव दिए ।राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले कर प्रणलीमा सरकारसंग पटकपटक वार्तामा बसेर सुझाव दिएपनि सरकारले बेवास्ता गर्दै एकलौटी निति बनाएको दुखेसोे पोखे ।वाणिज्य आपुर्ति तथा उपभोत्ता संरक्षण बिभागका महानिर्देशक राजन पौडेलले सरकार निजिक्षेत्रको प्रतिष्पर्धी पनि नभएको र रखवाली पनि नभएको बताए ।उनले उत्पादित र बिक्रि बितरणमा राखिएका सामाग्रीको गुणस्तर,म्याद र मुल्यको जानकारी उपभोत्तालाई दिनुपर्नेमा जोड दिए ।नेपाल चेम्बर अफ कमर्सका कार्य समिति सदस्य कृष्णमान श्रेष्ठले नितिगत सुधारका लागि पटकपटक सरोकारवाला निकायसंग छलफल गरेपनि व्यवसायी मैत्री निति बनाउन भने सरकार चुकेको बताए । २५ अर्ब बराबरको कारोवार र ५ सय भन्दा बढी व्यवसायी रहेको कस्मेटिक व्यवसायमा सरकारले सिमा नाकाबाट अबैध रुपमा गैरव्यवसायीले सामान ल्याउदा दर्ता गरी कर तिदै गरेका वास्तवीक व्यवसायी मारमा परेको बताए ।