News Desk
काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउने र नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्याउने उद्देश्य अनुरुप गठित इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी) ले ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न साधारण सभाले राजेशकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। साधारण सभाले वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, उपाध्यक्षहरूमा पदेन उपाध्यक्ष राजेन्द्र मल्ल, एसोसिएसनको तर्फबाट दिनेश श्रेष्ठ, बैंक वित्तीय क्षेत्रको तर्फबाट सुनिल केसी, इस्योरेन्स क्षेत्रको तर्फबाट चंकी क्षेत्री, मानार्थ उपाध्यक्ष सोनाम लाक्पा शेर्पा, लिमिटेड कम्पनीका तर्फबाट गणेश कार्की र एसोसिएसनको तर्फबाट राजेन्द्र अर्याललाई चयन गरेको छ ।
त्यस्तै, सदस्यहरूमा उर्मिला श्रेष्ठ, देश बन्धु बस्नेत ‘अजित’ सुशान कर्माचार्य, अशोक शेरचन, सुदेश खालिङ, कुमुद दुगड, अशोक अग्रवाल, सञ्जय अग्रवाल, सुधिर मित्तल, नवीन श्रेष्ठ, पोषकराज पौडेल, उपासना पौडेल, त्रिभुवनधर तुलाधर, विजय श्रेष्ठ, सुदर्शन चापागाईं, रेखा घिमिरे, रमेश शर्मा, रवि चन्द्र सिंह, आर एस भण्डारी, पवित्र कुमार कार्की, नरेश श्रेष्ठ, मिनबहादुर गुरुङ, लाक्पा शोनाम शेर्पा, कुस मल्ली, ज्ञानेन्द्र ढुङ्गाना, दीपक कुमार श्रेष्ठ, गणेश कार्की, विप्लव पौडेल र अर्जुन शर्मा चयन हुनुभएको छ । आइसिसीमा यसअघि सुरेन्द्रवीर मालाकार अध्यक्ष रहनुभएको थियो ।