बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको सहकारी मन्त्रीको आरोप
News Desk
Sep-05 तारिख 06:43 बिहान

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको आरोप लगाएका छन।

बुधवार काठमाडौँमा सहकारी पत्रकार समाजको १४औँ स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन। उनले बढी ब्याज खान खोज्नेहरूले नै सहरकारी पीडितहरूको अगुवाई गरेर आन्दोलन गरिरहेको दावी गरे।

उनले सहकारी सबै खराब हुन भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए। उनले कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दावी गरे। 

मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानका लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताए। उनले सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको जानकारी दिए।

उनले सहकारीको समस्या समाधान गर्न पीडित बचतकर्ता र सहकारीको अगुवासँग छलफल सरकारले गरिरहेको बताए। 

 

धेरै पढिएको