News Desk
काठमाण्डौं । नेपाल डेरी एशोसिएसनका राष्ट्रिय अध्यक्ष प्रह्लाद दाहाल र नेपाल डेरी एशोसिएसनका अन्तर्राष्ट्रिय डेरी परामर्शदाता रणधीर चानुका परेराले २० अगस्ट २०२४ मा उवा वेलासा विश्वविद्यालयको भ्रमण गरि भविष्यमा नेपाल र श्रीलंका बीच डेरी क्षेत्रमा साझेदारीका लागि सम्भावित क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल गरेका छन् । यु.डब्लु.यु को प्रशासनिक भवनको बोर्ड कोठामा अन्तर्राष्ट्रिय सहयोग केन्द्र आईसीसी यु.डब्लु.युद्धारा आयोजित ज्ञान आदानप्रदान कार्यक्रममाझ उनीहरुले आपसी हितका निम्ति सहकार्य गर्दै अघि बढनेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल डेरी एशोसिएसनका राष्ट्रिय अध्यक्ष प्रह्लाद दाहाल र नेपाल दुग्ध एशोसिएसनका अन्तर्राष्ट्रिय डेरी परामर्शदाता रणधीर चानुका परेरालगायत उद्योग विज्ञहरूले अन्तर्दृष्टिपूर्ण भनाईहरु राखेका थिए । सो अवसरमा नेपाल डेरी एशोसिएसन र यु. भि. ए वेलेशा विश्वविद्यालय बीचको सहकार्यलाई बढावा दिने विषयलाई त्यहाँ उपस्थित अधिकारीहरुले समेत जोड दिएका थिए ।
आईसीसी यु.डब्लु.यु निर्देशक डा. सी. रानावाना, खाद्य विज्ञान र प्रविधि विभाग र पशु विज्ञान विभागका शैक्षिक स्टाफ सदस्यहरूसहित सहभागीहरूले भविष्यमा साझेदारीका लागि सम्भावित क्षेत्रहरू पहिचान गर्न छलफलमा सक्रिय रूपमा भाग लिएको नेपाल डेरी एशोसिएसनका राष्ट्रिय अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए। यस कार्यक्रमले श्रीलंकाको दुग्ध उद्योगको समृद्ध भविष्य सुनिश्चित गर्न नयाँ परिप्रेक्ष्यहरू पहिचान गर्न मद्दत पुगेको धारणा आईसीसी यु.डब्लु.यु निर्देशक डा. सी. रानावानाले व्यक्त गरेका थिए।