News Desk
प्रमुख कार्यकारी अधिकृत श्रीमती उर्मिला श्रेष्ठको मन्तव्य
व्यावसायिक कारोवारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय साल्ट टेडिङ्ग कर्पोरेशनले ६१ वर्ष पूरा गरी ६२ औं वर्ष प्रवेशको अवसरमा आयोजित यो विशेष समारोहलाई गरिमा प्रदान गर्न पाल्नु भएका समस्त आदरणीय महानुभावहरुमा हार्दिक आभार सहित अभिवादन व्यक्त गर्दछु । अति व्यस्तताका वावजूद माननीय उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रीज्यूले हामीलाई आफ्नो अमूल्य समय प्रदान गर्नु भएकोमा कर्पोरेशन परिवारको तर्फबाट हार्दिक आभार सहित अभिवादन गर्दछौ ।
विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको यो सहभागिताले आम उपभोक्ता समक्ष स्तरीय सेवा पु;याउन थप उर्जा प्राप्त हुने विश्वास लिएका छौ. । हाम्रो निमन्त्रणा स्वीकार गरी हामीलाई प्रोत्साहित गर्नु भएकोमा नेपाल सरकारका आदरणीय सचिवज्यूहरु, उच्चपदाधिकारीहरु एवम् विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सहित आमन्त्रित अतिथिहरुमा कृतज्ञता सहित हार्दिक स्वागत गर्दछु ।
कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दा देखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम सर्व सुलभतालाई मूलमन्त्रको रुपमा लिदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको छ । यही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रुपमा आम उपभोक्ताको सेवामा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछौ ।
कर्पोेरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नून लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ट दशक भन्दा ब९ी समय पुरा गरेको छ । राष्टमा आइपर्ने जस्तो सुकै विषम परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पु;याउने यात्रालाई निरन्तरता दिएकोछ ।
कर्पोरेशनले आफ्नो सेवाका साथै नेपाल सरकारले समय समयमा सुम्पिएका जिम्मेवारी पुरा गर्नमा समेत प्रतिवद्ध हुंदै आएको छ भने हामीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा नेपाल सरकार प्रति आभार व्यक्त गदछौ. । यो विश्वासले हामीलाई थप सेवाप्रवाहमा हौसला प्राप्त भएको छ । कर्पोरेशनले आमजनताले दैनिक उपभोग गर्ने नून, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत समान्य अवस्थामा आफ्नै आउट लेट बाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलो सम्म पुर्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ ।
विगतमा आएको ठुलो भूकम्प र कोभिडको समयमा हामीले आम उपभोक्ताको ३रदैलो सम्म सेवा पुर्याउन सकेकोमा हामी गौरवान्वित भएका छौ र सर्वसाधारणबाट प्रशंशा पाएका छौ । सरकारले हामीलाई कार्यक्षेत्र व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्यवस्तु उत्पादन, तथा सुपथ मूल्यमा बिक्री वितरण गर्न प्रोत्साहित गर्दै आएकोमा कर्पोरेशन गौरवान्वित भई आफ्नो दायित्व निर्वाहमा रहिरहने वचनवद्धताका साथ नेपाल सरकार प्रति आभार व्यक्त गर्दछु । दैनिक उपभोग्य वस्तुका अतिरिक्त कृषि क्षेत्रको विकासमा सहयोग पुर्याउन अनुदानित एवम् गैर अनुदानित रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउदै आएका छौं भने पत्रपत्रिका प्रकाशनमा उपयोगी कागजको आयात र बिक्री बितरण गदै आएका छौ र आधुनिक प्रविधिमा आधारित सुरक्षित घरहरु बनाएर बिक्री गर्न प्रयासरत छौ । यसरी साल्ट टेडिङ्ग कर्पोरेशनले कारोवार र सेवाको क्षेत्र दिनानुदिन बढाउदै लगेको छ भने भविष्यमा अझ बिस्तार गर्ने नीति लिएका छौं । हामीलाई विश्वास छ सबैको स्नेह, सहयोग र सद्भावनाले थप सफलता प्राप्त गर्ने छौं ।
विगत वर्षहरुमा झै यस वर्ष पनि रक्तदान कार्यक्र्रम सफलता पूर्वक सम्पन्न गरिएको छ । यस कार्यक्रममा छट जना महानुभाव सहभागी भई रक्तदान गर्नु भएकोमा रक्तदाताहरु प्रति धन्यवाद ज्ञापन गर्दछु । यस वर्षको लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारको लागि श्री मानव कल्याण समाज, पनौती, काभ्रेपलाञ्चोक छनौट गरिएको छ र उक्त संस्थालाई ताम्रपत्र सहित रु १ लाख नगद प्रदान गरिने छ ।
कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु;याउनु हुने अग्रजहरुको नाममा कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यबस्था गदै आएको अवगत गराउदछु । संस्थाका आदर्श पुरुष हेम बहादुर मल्लको नाममा स्थापित सम्मान कार्यक्रम नेपाल जन प्रशासन संघँंगको सहर्कायमा केही समय अघि सम्पन्न गरिएको छ । यस वर्ष कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई साल्ट टेडिङ्ग अनङ्गमान शेरचन छात्रबृत्ति प्राप्त गर्ने प्रदेश कार्यालय, भैरहवाका कर्मचारी श्रीमती सुनिता गौतमको छाँेरा श्री जतिन गौतम तथा साल्ट टेडिङ्ग लोकनाथ जोशी छात्रबृत्ति प्राप्त गर्ने प्रदेश कार्यालय, काठमाडांैका कर्मचारी श्री राजन लामाको छोरी सुश्री निमास्य लामालाई बधाई ज्ञापन गदछु तथा उनीहरुलाई भविष्यमा अझ बढी सफलता मिलोस भन्ने कामना गदछु र अविभावकहरुमा पनि बधाई
ज्ञापन गदछु । छात्रवृत्तिको लागि प्रमाण पत्र सहित मासिक रुपमा रु ६,०००का दरले २ वर्ष सम्म उपलब्ध गराईने छ ।
यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक श्रीटुलेश्वर प्रसाद साह, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक श्री बसन्त कुमार यादव तथा स्तरबिहिन तर्फ केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय श्री याम बहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
त्यसै गरी यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्र्ने केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत श्री संकेत भट्टराई, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक श्री प्रकाश बहादुर धामी तथा स्तरबिहिन तर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्धितिय श्री धन बहादुर झाक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिनेछ । पुरस्कृत हुनु भएकोमा बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गदछु । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित नगद रु ४०,००० र हेम बाहदुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित रु ३५,००० उपलब्ध गराईनेछ ।
कर्पोरेशनको निरन्तर सेवामा रहि २० वर्ष पूरा गरी कदरपत्र पाउने कर्मचारीहरुको भविष्य अझ उज्वल होस् भन्ने हार्दिक कामना गदछु । कर्पोरेशनले नून जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरु माझ सर्वसुलभ रुपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका – ३, डोल्पाका समाजसेवी श्री डिल बहादुर मल्लले आÞनो स्वामित्वको ३ कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निशुल्क उपलब्ध गराउनु भएकोमा उंहालाई हार्दिक धन्यवाद ज्ञापन गदछु । समाजमा यस्ता व्यक्तित्वहरुको सहयोगी भावनाले अरुलाई समेत समाज सेवामा अभिप्रेरित गर्नेछ भन्ने महशुश गरेको छु । उहाँको सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यस अवसरमा कर्पोरेशनको तर्फबाट उहाँलाई सम्मान गर्न पाँउदा प्रसन्नता महशुश गरेको छु ।
कतिपय आरोह अवरोहको विषम परिस्थितिमा पनि अनवरत रुपमा आम उपभोक्ताको घरदैलोसम्म आफ्नो सेवा पुर्याउन सफल हुनुभएकोमा कर्पोरेशनमा कार्यरत सम्पूर्ण कर्मचारी साथीहरुमा धन्यवाद ज्ञापन गर्दछु । यस्तै उत्साह उमंगका साथ कर्पोेशनलाई भविष्यमा पनि सहयोग प्राप्त भईरहने अपेक्षा गर्दछु । २०८१ सालको बडादशै, तिहार, नेपाल सम्वत तथा छठको पूर्व सन्ध्यामा समस्त उपभोक्ता वर्ग साथै सबैमा शुभकामना व्यक्त गर्दछु । अन्त्यमा सबैमा पुन हार्दिक स्वागत अभिवादन गर्दछु ।