साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं बार्षिकोत्सव समारोहमा संचालक समितिका अध्यक्ष प्रदिपलाल श्रेष्ठले राख्नुभएको मन्तव्य
News Desk
Sep-12 , 2024 तारिख 08:44 बेलुका

संचालक समितिका अध्यक्ष श्री प्रदिपलाल श्रेष्ठज्यूको मन्तव्य

साल्ट ट्रेडिङ कर्पोरेशनको वार्षिकोत्सव समारोहलाई गरिमा प्रदान गर्नका साथै प्रेरणादायी धारणा व्यक्त गरी संस्थालाई प्रोत्साहन गर्नु भएकोमा माननीय मन्त्रीज्यूमा आभार सहित धन्यवाद ज्ञापन गर्दछु । साथै आदरणीय उच्च पदाधिकारीज्यूहरु, संचालक समितिका सदस्यज्यूहरु, आमन्त्रित विशिष्ट व्यक्तिहरुको समुपस्थितिले कर्पोरेशन परिवार हर्षित भएको छ, र संस्थागत तथा व्यक्तिगत तर्फबाट समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

कर्पोरेशनले आफ्नो उ२ेश्य अनुरुप दैनिक उपभोग्य सामाग्रीहरुको गुणस्तरीय एवम् सुपथ मूल्यमा सर्वसाधारण उपभोक्ताको घरदैलोमा सेवा पुर्याइ रहेको छ भने समाजलाई उपयोगी सामानहरु समेत आपूर्ति र विक्री वितरण गर्दै आएको छ । हाम्रो अभियानमा नेपाल सरकार, अन्य सबन्धित निकायहरु र सर्वसाधारणबाट उल्लेखनीय सहयोग प्राप्त भइ रहेकोछ भने भविष्यमा पनि यसले निरन्तरता पाउने विश्वास गरेको छौं । त्यसैले हाम्रो सफलता भनेको यहाँहरुको सफलता हो भन्ने धारणा सहित भविष्यमा आफ्नो सेवालाई अझ सक्षम र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछौ ।

सार्वजनिक निजी साझेदारीको नमूनाको रुपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती एवम् समस्या आए पनि स्मरणयोग्य इतिहास निर्माण गर्न र उपभोक्ताको मन जित्न सफल भएको छ । कर्पोरेशनले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालन गरेको छ भने नेपाल सरकारले हामीलाई विश्वास गरी समय समयमा थप जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्दछु ।

संस्थागत सामाजिक उत्तरदायित्वको बोध गरी कर्पोरेशनले सामाजिक सेवाका क्षेत्रमा पनि काम गर्दै आएको छ । जस अनुसार बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संघ संस्था तथा व्यक्तित्वहरुलाई लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार प्रदान गर्ने गरिएकोमा यस वर्ष लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार प्राप्त गर्ने संस्थालाई बधाई ज्ञापन गर्दछु । हेम बहादुर मल्ल तथा ईश्वरलाल श्रेष्ठको नाममा स्थापित उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत हुने कर्मचारीहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साल्ट ट्रेडिङ अनङमान शेरचन छात्रबृत्ति तथा साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रबृत्ति प्राप्त गर्ने छात्र छात्रालाई बधाई ज्ञापन गर्दछु ।  २० वर्ष सेवा अवधि पूरा गरी कदरपत्र पाउनु हुने कर्मचारीहरुको सेवाको सर्हाहना गर्दै संस्थाको निरन्तर प्रगतिमा भविष्यमा उँहाहरुले अझ बढी योगदान गर्नुहुने विश्वास लिएको छु । कर्पोरेशनलाई भवन निर्माण गर्न ३ कठ्ठा जमिन निशुल्क उपलब्ध गराउनु भएकोमा समाजसेवी श्री डिल बहादुर मल्लज्यूलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछु । उहाँको समाजसेवी भावनालाई उच्च सम्मान व्यक्त गर्दै उहांको सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दछु ।  

आफनो अतिव्यस्तताका बावजुद हामीलाई अमूल्य समय प्रदान गरी समारोहलाई गरिमा प्रदान गर्न पाल्नु भएकोमा माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीज्यूमा हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दछु । यसै गरी हाम्रो आमन्त्रण स्वीकार गरी पाल्नु भएका सबै आदरणीय महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु । 
आज पुरस्कृत हुनुहुने सबैमा वधाई ज्ञापन गर्दै निकट भविष्यमा आउने बडादशैं, शुभ दिपावली, नेपाल सम्वत् र छठको पूर्व सन्ध्यामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछुृ । अन्त्यमा उपस्थित सबै अतिथिहरुलाई जलपान एवम् दिवाभोजमा सहभागी भई दिनुहुन अनुरोध गर्दै आजको वार्षिकोत्सव समारोह समापन भएको घोषा गर्दछु । 
धन्यबाद ।