News Desk
कार्तिक २६ , नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल र बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको विशेष उपस्थितिमा लुम्बिनी प्रदेशका पदाधिकारी एवं सदस्यहरु समाबेश भइ बुटवल स्थित महाराजा होटेलमा डेरी क्षेत्रको वर्तमान अवस्थाको बारे छलफल आयोजना गर्यो। सो कार्यक्रम नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेको अध्यक्षतामा नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारी, कोषाध्यक्ष दयाराम भण्डारी, केन्द्रीय सहसचिव शिव भुसाल र लुम्बिनी प्रदेशका पदाधिकारी एवं सदस्यहरूको विशेष उपस्थितिमा रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासघका सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित हुँदै सभापति बस्नेतले नेपाल डेरी एसोसिएसनका हरेक समस्या सँगै रहने र त्यसको हल गर्न पहल गर्ने बताए ।
अहिले वर्तमान अवस्थामा डेरी क्षेत्रले भोग्नुपरेका समस्याहरूका विभिन्न विषयमा सरसल्लाह गरी कसरी जाने भन्ने विषयमा अगाडि बढ्ने कुरामा लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले अहिले दुग्ध क्षेत्र बचाउने हो भने दुधको मुल्यमा सिजनल गरेर जानुपर्ने कुरा राखेका थिए । अहिले पाउडर प्लान्ट लगाउने र किसानहरूको हित कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रिय सहसचीव शिव भुषालले आफ्ना कुराहरु राखेका थिए । त्यसैगरी एसोसिएसनका पूर्व अध्यक्ष मेघराज भण्डारीले स्वदेशी उद्योग बचाउने कुरामा राज्यको भुमिका हुनुपर्ने कुरामा जोड दिए । केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारी, सहसचिव शिव भुसाल र प्रदेश सचिव विजय सापकोटा लगायत उपस्थित सम्पूर्णले आआफ्ना विषयमा कुरा राखेका थिए। लामो छलफल र निष्कर्षपछि नेपाल डेरी एसोसिएसनका उपस्थित सम्पूर्ण पदाधिकारी र क्षेत्रीय पदाधिकारीहरूको निष्कर्ष जसरी भएपनि नेपालमा जसरी भएपनि दुग्ध क्षेत्रको विकास गर्न अगाडि बढ्ने र सामूहिक हितमा नेपाल डेरी एसोसिएसनले काम गर्ने कुरा केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले बताए।
यसरी समय समयमा नेपाल डेरी एसोसिएसनका सबै पदाधिकारीहरू आफ्नो काम विशेषले जुन ठाउँमा पुगे पनि त्यहाँ डेरी क्षेत्रका आफ्ना सदस्यइहरूसँग भेटघाट गर्ने र आफ्ना अनुभव र वर्तमान समस्याका विषयमा छलफल गरि सधैं अगाडि बढ्ने कुरा बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले बताए ।