News Desk
दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ड्रिलिङको ७९ प्रतिशत काम सकिएको छ।
४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ड्रिलिङ भइसकेको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए।
४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भए नभएको पत्ता लाग्नेछ। २ अर्ब ५० करोड रुपैयाँको चिनियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको छ।
महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ड्रिलिङ गरिरहेका छन।
यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनास्थल आएर पेट्रोलियम अन्वेषणमा भएको प्रगतिबारे जानकारी लिएका छन।