News Desk
चेम्बरको प्रथम वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। सभामा सौरभ ज्योति अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षका रूपमा ऋतु सिंह वैद्य र तुषार धर तुलाधर चयन हुनुभएको छ। चेम्बरको कोषाध्यक्षमा विजय सिंह वैद्य, सचिवमा सुहिद राज घिमिरे, र अन्य सदस्यहरूमा दिनेश तुलाधर तथा अंकुर झुनझुनवाला रहेका छन्।
चेम्बरको उद्घाटन जापानी दूतावासका मिशन उप-प्रमुख तामुरा ताकाहिरोले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख सल्लाहकार सदस्यहरू पद्म ज्योति, सुरज वैद्य, र त्रिभुवन धर तुलाधरको पनि उपस्थिति थियो।
चेम्बरको रजिष्टर कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २७ मा रहेको छ। संस्थाले सदस्यता शुल्क, अनुदान, र अन्य वैधानिक स्रोतबाट सञ्चालन खर्च जुटाउनेछ। सदस्य बन्न इच्छुक १८ वर्ष पूरा गरेका नेपाली नागरिकले रु। १०,००० शुल्क तिरेर सदस्यता लिन सक्नेछन्, तर सदस्यता हस्तान्तरण गर्न भने पाइने छैन।
संस्था समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार सञ्चालन हुनेछ। वैदेशिक आर्थिक, प्राविधिक, तथा वस्तुगत सहयोग आवश्यक परेमा, समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिने व्यवस्था गरिएको छ।
नेपाल र जापानको सम्बन्धलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ स्थापित यो चेम्बरले दुवै देशका व्यवसायीक समुदायलाई नजिक ल्याउने विश्वास गरिएको छ। चेम्बरले सबैलाई सहकार्य र समर्थनका लागि अपिल गरेको छ।