"पुस ४ नेपाल डेरी एसोसिएसन बागमतीको साधारणसभा"
News Desk
Dec-02 , 2024 तारिख 10:21 बेलुका

काठमाडौं, मङ्सिर - १७, नेपाल डेरी एसोसिएसन बाग्मती प्रदेश कार्यसमिति वैठक प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भयो ।

वैठकमा आमन्त्रित विशेष अतिथिको रुपमा केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालको उपस्थित रहेको थियो भने जिल्ला अध्यक्षहरूको पनि उपस्थित रहेको थियो । बैठकबाट विभिन्न विषयसँग सम्बन्धित छलफल गरी निर्णय भएको थियो।बैठकबाट वाग्मती प्रदेश कमिटीको छैठौ साधारणसभा आगामी पौस ४ गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी प्रदेश सचिव श्याम घिमिरे जानकारी गराए । साथै बागमती प्रदेश अन्तर्गतका सवै जिल्लाबाट साधारण सभा सम्पन्न गरेर 
सवै रिपोर्टहरु प्रदेश सचिवालयमा वुझाउन सबै जिल्लामा निर्देशिन गरिएको कुरा अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी गराए । 

नेपाल डेरी बागमती प्रदेशमा साना, ठूला, मझौला र घरेलु गरेर ११४ वटा डेरी उद्योग रहेको कुरा उपाध्यक्ष गोपाल तिमल्सिनाले जानकारी गराए । अहिले डेरी उद्योगको लागि अत्यन्तै कठिन समस्या रहेको र यसको लागि राज्यले साथ दिनु पर्ने कुरा ससचीव रबिन्द्र हुमागाईले बताए।