प्रधानमन्त्री केपी शर्मा ओलीले गरे दमक व्यापारिक कम्प्लेक्सँको उद्घाटन
News Desk
Dec-09 , 2024 तारिख 01:00 बेलुका

झापाको दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सँ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन। ४ बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको यो परियोजनाको लागत १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार रुपैयाँ रहेको छ। यो संरचनालाई घरेलु र विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बनाइएको हो।

व्यवसायिक कम्प्लेक्सले १८ वटा तला समेटेको छ, जसमा तीनवटा अतिरिक्त धातुका तला छन। कम्प्लेक्समा मल, फिटनेस सेन्टर, र अन्य सेवा सुविधा राख्ने योजना भए पनि हालसम्म कुनै व्यवसायले भाडामा नलिएको बताइएको छ। यसको स्थानिक टाढा रहेको र व्यवस्थापनको ठोस योजना नबनाइएको कारणले हालसम्म यो भवन प्रयोगमा आउन सकेको छैन।

यस व्यापारिक परियोजनालाई सफल बनाउन सरकारको रचनात्मक व्यवस्थापन र समन्वय आवश्यक देखिएको छ, जसले यसलाई लक्षित आर्थिक र पर्यटकीय केन्द्रको रूपमा स्थापना गर्न मद्दत पुर्याउन सक्छ।