प्रल्हाद दाहालको अध्य्क्षतामा दृश्य बहूद्देश्यीय सहकारीको नया कार्यसमिति निर्वाचित
News Desk
Dec-20 , 2024 तारिख 09:59 बिहान

काठमाडौं । दृश्य बहूद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट प्रल्हाद दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति च​य​न​ ग​रेको छ ।

उपाध्यक्षमा टिका प्रसाद घिमिरे, सचिवमा रमेश सञ्जेल, कोषाध्यक्षमा दिप प्रसाद धमला निर्वाचित भए । सदस्यमा शिव घिमिरे, हुदराज तिमिल्सिना र बिन्दा तिमिल्सिना निर्वाचित भए।

त्यस्तै, लेखा समिति संयोजकमा राजेश चालिसे, सदस्यमा राम भक्त दाहाल र सरस्वती घिमिरे चयन भएका छन ।

सहकारी महासंघका उपाध्यक्ष डि।बि बस्नेतको प्रमुख आतिथ्ययता कार्यक्रम भएको हो ।