News Desk
पुस- ५, नेपाल डेरी एसोसिएसन कोशी प्रदेशको छैठौं वार्षिक साधारणसभा एवं तेस्रो अधिबेशन दमकको दाहाल प्रतिष्ठानमा कोशी प्रदेशका अध्यक्ष गंगा खड्काको अध्यक्षता एवं कोशी प्रदेश उद्योग,कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा दमक नगरपालिकाका मेयर रामकुमार थापा, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुभाषचन्द वस्ती, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, डेरी उद्योग संघ कोशी प्रदेशका अध्यक्ष रामचन्द्र उप्रेती, सगरमाथा विशिष्टकृत डेरी सहकारीका संघका अध्यक्ष बाबुराम खत्री, सुर्योदय डेरीका अनुज यादब, मनोरमा ह्याण्डिक्राप्टका प्रतिनिधि राजेन्द्र श्रेष्ठ, बेकरी उद्योग संघ झापाका अध्यक्ष सुमन चिमरिया, नेपाल डेरी एसोसिएसन कोशी प्रदेश अन्तरगत जिल्ला अध्यक्षहरु, कोशी प्रदेशका पदाधिकारीहरु, कोशी प्रदेशका डेरी उद्योगहरु, किसानहरु, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनको गितमा बालबालिकाले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकालाई माननीय मन्त्रीले दुधपान गराएर कार्यक्रमको उद्घाटन गरेका थिए । उपस्थित सबैलाई धनकुटा जिल्ला अध्यक्ष राजु घिमिरेले स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश अध्यक्ष खड्काले प्रस्तुत गरेको प्रतिबेदन माथि छलफल गरि पास गरिएको थियो । शुभकामना मन्तव्य राख्ने क्रममा दमक ४ का अध्यक्ष पुन्य प्रसाद दाहालले नेपाल डेरी एसोसिएसनले गरेका गतिविधिले दुग्ध क्षेत्रमा सकारात्मक प्रभाव परेको कुरा राखे । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले निजि क्षेत्रमा दुग्ध क्षेत्रको ठूलो योगदान रहेको कुरा बताए । डेरी उद्योग संघ कोशी प्रदेशका अध्यक्ष रामचन्द्र उप्रेतीले डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले सधैं सबै कुरामा मिलेर नै अगाडि बढेको कुरा राख्दै डेरी क्षेत्रले अहिले भोग्नु परेको समस्याको बारेमा कुरा राखेका थिए । आफ्ना कुरा राख्दै खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुभाषचन्द वस्तीले सबै डेरी उद्योगलाई सरकारको नियम पालना गर्दै उद्योग व्यवसाय गर्न अनुरोध गरे ।

शुभकामना मन्तव्य राख्दै नेपाल डेरी एसोसिएसन केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाले एसोसिएसनको बारे, दुग्ध क्षेत्रको वर्तमान अवस्था बारे, नितिगत समस्याहरु, उद्योग र किसानको समस्या बारे कुरा राख्दै राज्यले डेरी क्षेत्रमा सहयोग पुर्याउन माग गरे । प्रमुख अतिथि माननीय मन्त्रीले नेपाल डेरी एसोसिएसनले गरेका फरक काम र उपभोग बढाउन गरेको कार्यको खुलेर प्रंशसा गरे।
कार्यक्रममा उपस्थित सबैलाई मोही सेवन गराइयो भने उपस्थित अतिथिलाई दुग्ध पेशालाई झल्काउने ठेकी मायाको चिनो स्वरुप प्रदान गरियो । कार्यक्रममा मनोरञ्जन प्रदान गर्ने उदेश्यले नृत्य प्रस्तुत गरिएको थियो । अधिबेशनको क्रममा कोशी प्रदेश अन्तरगतका बनेका जिल्ला समितीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रदेश अन्तरगत नेपाल डेरी एसोसिएसनलाई सहयोग पुर्याउने र उत्कृष्ट व्यवसाय गर्ने डेरी उद्योगी, किसान, दुग्ध संकलक लगायतका सबैलाई सम्मान गरिएको थियो । कार्यक्रम दुई चरणमा बाँडिएको थियो । अधिबेशनको बन्द सत्रमा निर्वाचन अधिकृतको रुपमा प्रल्हाद दाहाल सदस्यमा टिका प्रसाद घिमिरे र सुमन चिमरिया रहेका थिए । निर्वाचन सम्पन्नपछि नवनिर्वाचित अध्यक्ष गंगा खड्काले पुनः निर्वाचित गराउन सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिंदै सधैं समग्र दुग्ध क्षेत्रको हितमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । शुभकामना दिंदै केन्द्रिय महासचिव हेमचन्द्र खनालले अहिलेसम्म कोशी प्रदेशमा भएको कामको प्रंशसा गर्दै दुग्ध क्षेत्रमा आउने हर समस्या समाधानमा पूर्ण रुपले हुने कुरामा विश्वास लिएको कुरा बताए । भर्खरै यहि पुस ४ गते निर्वाचित बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले सबैलाई शुभकामना दिंदै संगठन हामी व्यवसायीका लागि अत्यन्तै आवश्यक रहेको कुरा बताए । निर्वाचन समितीका सदस्य सुमन चिमरियाले कोशी प्रदेश सधैं अग्र स्थानमा रहेको छ र सधै रहने वातावरण सृजना गर्न नवनिर्वाचित समितीलाई आग्रह गर्दै शुभकामना दिए ।
अधिबेशनबाट निम्नानुसार जिल्लामा निम्नानुसार अध्यक्षहरु चयन भए :-
झापा - भरत ओली, मोरङ - विष्णु बोहरा
सुनसरी - सागर आचार्य , धनकुटा - राजु घिमिरे
भोजपुर - ज्ञान बहादुर कार्की, इलाम - लक्ष्मी थापा
पाँचथर - मनिष घिसिङ , ताप्लेजुङ - दुर्गा प्रसाद ढुंगाना
निर्वाचित कोशी प्रदेशका पदाधिकारी एवं सदस्यहरु -
अध्यक्ष - गंगा बहादुर खड्का
उपाध्यक्ष - गुरु प्रसाद दाहाल
सचीव - अशेष कुमार बुढाथोकी
कोषाध्यक्ष - सुवास गुरागाईं
स-सचीव - मुकेश पन्त
सदस्यहरु - मिलन खत्री , सुजता उप्रेती, सबै जिल्लाका अध्यक्षहरु स्वत: कार्यसमिति सदस्य रहने छन् । आवश्यक अनुसार प्रदेश समितिले १३ जनासम्मको समिति बिस्तार गर्न सक्नेछ ।