बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष पौडेल
News Desk
Jan-07 , 2025 तारिख 09:30 बेलुका

पुस २३, बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेललाई नेपाल डेरी एसोसिएसन केन्द्रिय कार्यालयले आफ्नै कार्यालयमा एक कार्यक्रम बीच स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयतामा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी तथा दुग्ध क्षेत्रमा संलग्न विशेष व्यक्तित्वहरुको सहभागी रहेको थियोे । कार्यक्रममा उपस्थित दुग्ध व्यवसायीहरुले दुग्ध क्षेत्रमा राज्यको तर्फबाट अभिभावकत्व भूमिका हुनुपर्ने विषयमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्षले प्रदेश दुग्ध विकास बोर्डले सरकार किसान र दुग्ध क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था सहित बिशेष सहुलियतपूर्ण कार्यक्रम लागू गरि नमुना प्रदेशको रुपमा विकास गर्न तत्पर रहेको कुरा बताए ।                     

कार्यक्रममा नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे र केन्द्रिय उपाध्यक्ष मनोज घिमिरेले उपाध्यक्ष पौडेललाई बधाई तथा शुभकामना दिंदै दुग्ध क्षेत्रको समस्या र समाधानको विषयमा सुझाव दिएका थिए । एसोसिएसनका केन्द्रिय अध्यक्षद्धारा बोर्डका कार्यकारी उपाध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना सहित कृषक र दुग्ध विकासकाे क्षेत्रमा बोर्डको महत्त्वपूर्ण भूमिका रहने अपेक्षाका साहित दुग्ध क्षेत्रको समग्र विकासमा हातेमालो गरि अघि बढनु पर्ने कुराको विकल्प नभएको कुरा बताए । कार्यक्रममा दुग्ध क्षेत्रको वर्तमान अवस्था,अवसर र चुनौतीका विषयमा संस्थाले तयार पारेको "डेरी दर्पण" पुस्तक र वार्षिक क्यालेन्डर अध्यक्षद्धारा प्रदान गरिएको थियो ।