सफल युवा उद्यमी विष्णुहरि पाण्डेय वोन्डर्स नेपालको प्रबन्ध निर्देशकमा चयन
News Desk
Jan-11 , 2025 तारिख 11:23 बेलुका

काठमाडौं । सफल युवा उद्यमी विष्णुहरि पाण्डेय वोन्डर्स नेपालको प्रबन्ध निर्देशकमा चयन भएका छन्। कम्पनीको सातौँ वार्षिक साधारणसभाले शुक्रबार पाण्डेयलाई यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो।  

पाण्डेयले विदेश मामिला, शिक्षा, बैंकिङ लगायतका क्षेत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका छन्। नयाँ जिम्मेवारीमा पुगेपछि उनले स्काईवाक टावरमा ३६० डिग्री भ्यूसहितको रेस्टुरेन्ट र क्लब निर्माण सम्पन्न भइसकेको र चाँडै नै सिटी बन्जी जम्प र डोम प्रोजेक्टजस्ता थप साहसिक गतिविधि सञ्चालनमा ल्याउने योजना सुनाए।  

उनका अनुसार स्काईवाक टावरलाई काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरी नयाँ सम्भावनाहरू अघि बढाइनेछ।  

पाण्डेय शैक्षिक क्षेत्रमा पनि सक्रिय व्यक्तित्व हुन्। उनी एभरेष्ट, कोलम्बस, प्रिमियरलगायत कलेजका अध्यक्ष हुनुका साथै इक्यानका पूर्व अध्यक्ष पनि हुन्। शैक्षिक परामर्श क्षेत्रमा उनको योगदान उल्लेखनीय छ। उनका नेतृत्वमा नयाँ बानेश्वरमा रहेको रोयल एडुकेशन कन्सल्टेन्सी प्रभावकारी रूपमा सञ्चालनमा छ। 

धेरै पढिएको