News Desk
नेपाल–भारत व्यापार सम्बन्धलाई थप सुदृढ बनाउन विभिन्न विषयमा सहमति भएका छन्। नेपाल–भारत संयुक्त सचिवस्तरीय २६औं व्यापार वार्ता सम्पन्न भई महत्त्वपूर्ण निर्णयहरू लिइएका छन्। नेपाको तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की र भारतीय वार्ताटोलीको भारतका वाणिज्य सचिव सुनिल बर्थवालले नेतृत्व गरेको बैठकले नेपाली वस्तु निर्यात सहजीकरण गर्ने लगायत सहमति गरेका हुन्। ती निर्णयहरूमध्ये मुख्य विषयहरू यस प्रकार छन्:
१. वाणिज्यिक व्यापारमा देखिएका अवरोधलाई सम्बोधन गर्दै व्यापार प्रक्रियालाई थप सहज बनाउन दुवै पक्ष सहमत भएका छन्।
२. दुई देशबीचको व्यापार सम्बन्धलाई सुदृढ पार्न प्राथमिकताका क्षेत्रहरू पहिचान गरी योजना अघि बढाउने विषयमा छलफल भएको छ।
३. नेपालबाट भारत निर्यात हुने वस्तुहरूको सहज यातायात सुनिश्चित गर्न सीमावर्ती क्षेत्रमा यातायात व्यवस्थापन सुधार गर्ने सहमति भएको छ।
४. भारतले नेपालमा जारी गरेको रूपैडिया र झूलाघाट–चम्पावत भन्सार नाकाको लागि पुनः जारी प्रक्रिया पूरा गर्नेसम्बन्धी जानकारी गराएको छ।
५. दुई पक्षीय व्यापारमा विद्युतीय तथ्याङ्कको आदानप्रदानलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।
६. भारतीय रेलमार्ग सञ्जालसँग जोडिएका नेपालको सुख्खा बन्दरगाहमा थप सुधार गर्न सहकार्य गर्ने विषयमा छलफल भएको छ।
७. दुई देशबीचको पारवहन व्यवस्थालाई थप प्रभावकारी बनाउन र ट्राफिकको कुशल व्यवस्थापनका लागि सहमति भएको छ।
८. वाणिज्य व्यापारमा सरलता ल्याउन सहुलियतपूर्ण नीति निर्माणका लागि सहकार्यलाई तीव्रता दिने सहमति भएको छ।
९. विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीलाई गति दिने विषयमा दुवै पक्ष सहमत भएका छन्।
१०. धनगढी–गौरीफन्टा सीमा नाकामा भारततर्फ व्यापार पूर्वाधारको स्तरोन्नति गर्न नेपालले गरेको अनुरोधलाई भारतीय पक्षले सहमति जनाउँदै एकीकृत जाँच चौकी निर्माण र सीमा क्षेत्रको सडक स्तरोन्नति गर्ने योजना अघि बढाउने भएको छ।
११. भन्सार सहयोगसम्बन्धी २१औं महानिर्देशकस्तरीय बैठक २०२५ को फेब्रुअरी महिनाभित्र आयोजना गर्ने सहमति भएको छ।
१२. नेपाल गुणस्तर तथा नापतौल विभाग र ब्यूरो अफ इण्डियन स्टान्डर्डबीच तथा नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणबीच गुणस्तर परीक्षण, सर्टिफिकेशन र क्षमता विकासमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको छ।
१३. नेपालबाट भारत निर्यात गरिने फलफूल, तरकारी तथा जडीबुटीहरूलाई भारतीय प्लान्ट क्वारेन्टाइन आदेश सूचीमा समावेश गर्न नेपालले गरेको अनुरोधमा भारतीय पक्ष सकारात्मक रहेको छ।
१४. ११ जनवरी २०२५ मा काठमाडौँको चन्द्रागिरिमा नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न भई कार्यान्वयनयोग्य सुझावहरूलाई क्रमशः लागू गर्ने सहमति भएको छ।
१५. अन्तरसरकारी समितिको आगामी बैठक भारतमा आयोजना गर्ने सहमति भएको छ।