डेरी एसोसिएसनले युवा पुस्तालाई डेरी व्यवसायमा आकर्षित गर्न नयाँ प्रस्ताव अघि सार्ने तयारी
News Desk
Jan-14 , 2025 तारिख 06:37 बेलुका

डेरी व्यवसायमा युवा पुस्ताको कम सहभागिता र भविष्यमा यस व्यवसायप्रति उनीहरूको चासो घट्ने सम्भावनालाई मध्यनजर गर्दै डेरी एसोसिएसनले आगामी साधारण सभामा विशेष प्रस्ताव लैजाने भएको छ।  

एसोसिएसनले युवा पुस्तालाई डेरी व्यवसायप्रति आकर्षित गर्न नवीन प्रविधि र आधुनिक विचारहरूको प्रयोग गर्दै उनीहरूका लागि प्रेरणादायी वातावरण सिर्जना गर्ने योजना अघि सारेको छ। हालै पोखरामा सम्पन्न सिडिसिएएनको साधारण सभामा पनि डेरी व्यवसायमा युवाको कम सहभागिताको प्रसंग उठेको थियो। सभामा वक्ताहरूले युवा पङ्क्तिको कमीले उद्योगलाई दीर्घकालीन रूपमा चुनौतीको सामना गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए।  

'हाम्रो उद्योगप्रति आफ्नै छोराछोरीले चासो नदेखाउनु र विदेशलाई प्राथमिकतामा राख्नु हाम्रो व्यवसायका लागि गम्भीर समस्या हो। यसैले, युवाहरूलाई डेरी व्यवसायप्रति आकर्षित गर्दै यसलाई प्रविधिसँग जोड्ने उद्देश्यले 'युवा डेरी उद्यमी मञ्च' गठनको विषयमा सुझाव संकलन गर्न चाहन्छौं', एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए।  

साधारण सभामा यस प्रस्तावलाई अनुमोदन गर्दै युवा पुस्तालाई सक्रिय रूपमा व्यवसायमा समावेश गर्नका लागि आवश्यक कदम चालिने अपेक्षा गरिएको छ। एसोसिएसनले सम्पूर्ण सरोकारवालाहरूलाई यस विषयमा रचनात्मक सुझाव दिन आग्रह समेत गरेको छ।

धेरै पढिएको