News Desk
संघका महासचिव दुर्गा राज श्रेष्ठले जारी गरेको सूचनामा संघका सम्पूर्ण सदस्यहरूलाई माघ २७ गतेभित्र मौद्रिक नीतिमा आवश्यक सुधारका लागि आफ्नो राय तथा सुझाव इमेल ([email protected]) वा Whatsapp/Viber (9843738512) मार्फत पठाउन अनुरोध गरिएको छ।
साथै, नेपाल राष्ट्र बैंकको हालको नियमअनुसार चेक अनादर (चेक बाउन्स) भएमा सम्बन्धित व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने प्रावधानबारे परिवर्तनको चर्चा भइरहेकोले त्यस विषयमा पनि सदस्यहरूको राय माग गरिएको छ।
संघले निजि क्षेत्रको सरोकारलाई सम्बोधन गर्न सबै सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै समयमै सुझाव पठाउन आग्रह गरेको छ।