News Desk
नेपाल डेरी कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्ला कार्यसमितिले धनकुटामा रहेको धनकुटा उत्तरपानी स्थित श्री आधारभुत बौद्धिक अपांग बिद्यालयमा रहेका सम्पूर्ण विद्यार्थीहरुलाई पाठ्य सामग्री सहित अन्य विभिन्न सामग्री वितरण गर्यो ।
नेपाल डेरी एसोसिएसनले सातवटा प्रदेश, २३ वटा जिल्ला र सातवटा स्थानीय तहमा आफ्नो संगठन विस्तार गरेको छ। एसोसिएसनले आफ्ना मातहतका जिल्ला कमिटी, प्रदेश कमिटी र स्थानीय तहलाई समयसमयमा विद्यालय, आश्रम, हस्पिटल लगायतका स्थानमा दूध तथा दुग्ध पदार्थको बारेमा जानकारी गराउँदै खपत बढाउनको लागि यस्ता किसिमका गतिविधिहरु सँगै समय समयमा दुध तथा दुग्ध पदार्थ पनि गरिरहेको हुन्छ। नेपाल डेरी एसोसिएसनले पछिल्लो समय देशमा दूध तथा दुग्ध पदार्थको खपत कम भई स्टक रहन गएकोमा स्वदेशी उत्पादन लाई प्राथमिकता दिनको लागि देशभर मोही अभियान चलाएको छ । त्यसबाट प्रभावित भैइ अहिले एक दर्जनभन्दा बढी डेरी उद्योगले मोहीलाई ब्राण्डिङ गरि बजारमा ल्याएका छन् ।
एसोसिएसनले कोसेलीको रुपमा दुग्ध पदार्थ प्रयोगमा ल्याउन आम उपभोक्तालाई अनुरोध गरि प्रेस विज्ञप्ति निकालेको, आफ्ना कार्यक्रमहरुमा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दा घ्यु, पुष्टकारी, खुवा, गुदपाक आदि दिने गरेको कुरा एसोसिएसनका कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्काले जानकारी गराए ।एसोसिएसनका यस्ता गतिविधिले स्वदेशी उत्पादन खपतमा धेरै नै उत्साह थपिएको एसोसिएसनका केन्द्रिय महासचिव हेमचन्द्र खनालले बताए । देशै भरिका सदस्यहरुले दुध तथा दुग्ध पदार्थ खपतका लागि केहि न केहि गतिविधि गरिरहेकाले खपतमा धेरै नै सहयोग पुगेको कुरा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले बताए ।