News Desk
पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरू यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताएका छन | मंगलवारको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन।
उनले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरू नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाई सुरु गर्नुपर्ने बताए।
उनले हरेक भन्सार कार्यालयहरूमा नष्ट गर्नुपर्ने धेरै सवारीसाधनलगायतका सामग्री रहेको भन्दै सफाई गर्नका लागि विधेयकमा आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए।