आज राष्ट्रिय मोही दिवस मनाईदै, नयाँ बानेश्वरमा बिशेष कार्यक्रम आयोजना हुने
News Desk
Apr-10 , 2025 तारिख 04:20 बेलुका

काठमाडौं, चैत २५ – मोहीको उपयोग र महत्त्वलाई आमजनसमक्ष प्रवर्धन गर्ने उद्देश्यले “स्वस्थ र फुर्तिलो जीवन, नियमित मोही सेवन” भन्ने नाराका साथ राष्ट्रिय मोही दिवस तथा मोही सेवन अभियान सञ्चालन गरिने भएको छ। कार्यक्रम यही २०८१ साल चैत २८ गते, बिहीबार नयाँ बानेश्वरस्थित अलकोभ होटल (संसद भवनअगाडि, सिभिल अस्पतालको लाइन, मिनभवन कलेजसँगैको ठूलो भवनको छैठौं तला) मा आयोजना गरिनेछ।

उक्त कार्यक्रम पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा, नेपाल डेरी एसोसिएसन (NDA) को संयोजनमा आयोजना गरिंदैछ। कार्यक्रममा कृषि पत्रकारहरूको संस्था अनाज, दुग्ध विकास संस्थान (DDC), केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड (च्ड्चाण्), उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (AEC), केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपाल, कृषि तथा पशुपन्छी व्यवसायी संघ तथा रोटरी क्लब अफ कपनको समेत सहकार्य रहेको छ।

कार्यक्रममाकृषि  सचिवको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा राष्ट्रिय मोही दिवस मनाइने र मोही सेवन अभियानको शुभारम्भ गरिनेछ। आयोजकहरूले कार्यक्रमको भव्य र सभ्य सञ्चालनका लागि सबैलाई २०७८ चैत २८ गते दिउँसो १२ः३० बजे तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरेका छन।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले यो अभियानले मोहीको महत्वबारे जनचेतना फैलाउनुका साथै दुग्धजन्य परिकारहरूको पोषणीय पक्षलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।

धेरै पढिएको