निर्यात व्यवसायी महासंघ नेपालको ५ औं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशनको पवन अवसरमा विभित्र बस्तुगत तर्फ सबैभन्दा बढी निर्यातकर्तालाई सम्मान गर्ने क्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेश कार्यसमिति सदस्य एवं हेटौडा शुभ डेरी उद्योगका निर्देशक ज्ञानराज लामालाई नेपाल सरकारका उद्योग तथा वाणिज्य आपूर्ती मन्त्री माननीय दामोदर भण्डारीले दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका थिए ।
ज्ञानराज लामा बिगत २० वर्षदेखि डेरी क्षेत्रमा आबद्ध रहेका थिए । हाल वहाँले सञ्चालन गरेको डेरीले सम्पूर्ण दुग्ध पदार्थ उत्पादन गरी विशेष गरी हेटौंडा, चितवन र विरगंजमा बजारीकरण गर्नुभएको छ । वहाँले छुर्पी र घ्यू हाल विदेश निर्यात गर्ने गर्नुभएको छ । वहाँको डेरीले हाल दैनिक ७ देखि १० हजार लिं दुध खपत गर्ने गरेको कुरा बताउनु भयो। हाल यो सम्मान पत्र प्राप्त गर्दा खुशी लागेको र यसले थप उर्जा र उत्साह प्राप्त भएको कुरा बताउनु भयो ।