News Desk
काठमाडौं | आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले युवालाई लक्षित गर्दै नयाँ सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत घोषणा गर्दै शिक्षित र दक्ष युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड दिने उद्देश्यले २ लाखदेखि २० लाख रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गरिने जानकारी दिनुभयो।
उक्त कर्जा शैक्षिक प्रमाणपत्र, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र व्यवसायिक परियोजना प्रस्तावको आधारमा उपलब्ध गराइनेछ। यस कर्जामा वार्षिक ३ प्रतिशत ब्याजदर मात्र लाग्नेछ।