एनटिभी वर्ल्ड च्यानलसहित डिजिटल माध्यमहरूबाट सेवा विस्तार गरिने
News Desk
May-29 , 2025 तारिख 10:32 बेलुका

काठमाडौं, जेठ १५ | आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संचार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्।

बजेटमार्फत सरकारले सार्वजनिक प्रसारण सेवा (Public Service Broadcasting – PSB) अन्तर्गत एनटिभी वर्ल्ड र डिजिटल प्लेटफर्महरूलाई प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ।

अब नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकृत भएर बनेको पीएसबी नेपालले एनटिभी वर्ल्ड च्यानलसहित डिजिटल माध्यमहरूबाट सेवा विस्तार गर्नेछ। सार्वजनिक प्रसारणको गुणस्तर र पहुँच बढाउन नयाँ संरचना मार्फत कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

सरकारले डिजिटल संचार संरचना सुदृढीकरण, सूचना पहुँच विस्तार, र सरकारी सञ्चार संस्थाहरूको आधुनिकीकरणमा जोड दिएको संकेत यो बजेटमार्फत देखिएको छ।