News Desk
काठमाडौं | राजधानीमा प्रिमियम फाइन–डाइनिङ अनुभवको पर्याय बन्दै आएको Vinoliva Restaurant & Bar ले फेब्रुअरी १४ का अवसरमा भव्य भ्यालेन्टाइन विशेष २०२६ आयोजना गर्ने भएको छ। “Chivas Regal Presents” शीर्षकमा सञ्चालन हुने यो विशेष साँझलाई अन्तर्राष्ट्रिय स्तरको स्वाद, सांगीतिक प्रस्तुति र आकर्षक अफरको समिश्रणका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायक असिम थापा ले लाइभ प्रस्तुति दिनेछन्। साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रमले लाइभ म्युजिक, काउन्टडाउन सेलिब्रेसन र प्रिमियम फाइन–डाइनिङको उत्कृष्ट संयोजनमार्फत जोडीहरूलाई अविस्मरणीय अनुभव दिने लक्ष्य राखेको छ। व्यवस्थापनका अनुसार सम्पूर्ण सेटअप भ्यालेन्टाइनको रोमाञ्चक वातावरणलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ।
यस विशेष अवसरमा Chivas Regal, Jameson Whisky, Absolut Vodka, Jacob’s Creek Wine, Roberson Wine र Glenlivet Whisky लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरूको विशेष अफर रहनेछ। प्रिमियम पेय–पदार्थ र उत्कृष्ट परिकारको सन्तुलित संयोजनले कार्यक्रमलाई स्तरीय बनाउने विश्वास गरिएको छ।
भिनोलिभाले भ्यालेन्टाइन विशेषलाई लक्षित गर्दै टेबल अग्रिम बुकिङमा २० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। सीमित सिट व्यवस्थाका कारण समयमै बुकिङ गर्न मेनेजर तिलक खत्री ले आग्रह गरेका छन्।
छोटो समयमै उच्चस्तरीय सेवा, स्वाद र वातावरणका कारण पहिचान बनाएको भिनोलिभा एनआरएनएका शीर्ष नेतृत्वको लगानीमा सञ्चालन भइरहेको छ। रेस्टुरेन्टका अध्यक्ष एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपाने (मलेसिया) रहेका छन् भने लोक दाहाल (बेल्जियम), राज रेग्मी (कतार) र ईश्वर सापकोटा (जापान) सञ्चालकका रूपमा संलग्न छन्। अनुभवी एनआरएनए टोलीको व्यवस्थापनका कारण गुणस्तर, स्वच्छता र अन्तर्राष्ट्रिय मापदण्डमा भिनोलिभाले उदाहरणीय छवि बनाएको दाबी छ।
भिनोलिभाको पूर्वाधार पक्ष पनि उत्तिकै सुदृढ छ। लाइभ किचेन, विशाल मुख्य हल, क्लासी रूफटप र पूर्ण गोपनीयतासहितका प्राइभेट रुमले यसलाई पारिवारिक जमघट, कर्पोरेट इभेन्ट तथा विशेष सेलिब्रेसनका लागि उपयुक्त गन्तव्य बनाएको छ। नेपाली, भारतीय, चाइनिज तथा कन्टिनेन्टल परिकार अनुभवी सेफद्वारा प्रत्यक्ष रूपमा तयार गरिनु, आधुनिक इन्टेरियर, आरामदायी सेटअप र फाइभ–स्टार स्तरको आतिथ्य सेवा यसको प्रमुख विशेषता हुन्।
बालबालिकाका लागि छुट्टै खेल क्षेत्र, संगीत–मैत्रीपूर्ण माहोल र प्रिमियम ब्रान्डहरूको सहकार्यले भ्यालेन्टाइन विशेषलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ। व्यवस्थापनका अनुसार भिनोलिभा केवल रेस्टुरेन्ट होइन, अनुभवको गन्तव्य हो—जहाँ स्वाद, सेवा र वातावरण एकै स्थानमा उच्चतम स्तरमा उपलब्ध हुन्छ।
भ्यालेन्टाइन विशेष २०२६ मार्फत भिनोलिभाले राजधानीको फाइन–डाइनिङ सेग्मेन्टमा आफ्नो ब्रान्ड उपस्थिति थप सुदृढ गर्दै गुणस्तरीय आतिथ्य संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।