प्रलहाद दाहाल महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार सिफारिस
News Desk
Mar-27 तारिख 07:48 बिहान

काठमाडौं । नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाललाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। आगामी चैत २९ र ३० गते हुने महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि वस्तुगततर्फ उहाँको नाम अघि सारिएको हो।

निजी क्षेत्रको कृषि तथा डेरी क्षेत्रका परिचित उद्यमी दाहालले किसान, कृषि र निजी क्षेत्रको हितका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन्। “कृषि बिना आर्थिक समृद्धि सम्भव छैन” भन्ने मान्यता सहित उहाँले परम्परागत मोहीलाई ब्रान्डिङ र बोटलिङ मार्फत आधुनिक बजारमा स्थापित गर्दै उदाहरणीय पहल गर्नुभएको छ। अहिले मोही होटल, सेमिनार र विभिन्न कार्यक्रममा प्रयोग हुन थालेको छ।

दाहालले कृषि क्षेत्रलाई सम्मानित र सम्भावनायुक्त पेशाका रूपमा वितकास गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रमैत्री नीति र क निर्णायक हुन्छ।

हाल दाहाल महासंघअन्तर्गत कृषि उद्यम केन्द्र (AEC) का बोर्ड सदस्य समेत हुनुहुन्छ। डेरी उद्यमसँगै शिक्षा र सामाजिक क्षेत्रमा पनि सक्रिय उहाँले कृषि तथा डेरी क्षेत्रका समस्या प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाउनुभएको छ। आशा

धेरै पढिएको