News Desk
काठमाडौंस्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघ भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। महासचिव महेशकुमार बस्नेत ले अध्यक्ष भुवनसिंह गुरुङसँग स्पष्टीकरण मागेपछि सुरु भएको विवाद अब निलम्बन प्रक्रियासम्म पुगेको हो।
कार्यसमितिको बहुमतले बस्नेतसँग तीन दिनभित्र लिखित स्पष्टीकरण माग गर्दै सन्तोषजनक जवाफ नआए निलम्बन गर्ने चेतावनी दिएको छ। अध्यक्ष गुरुङले संघका निर्णयहरू विधि र पारदर्शिताअनुसार भइरहेको दाबी गर्दै महासचिवको कदमलाई गैरसंस्थागत भनेका छन्।
यसबीच अध्यक्ष गुरुङले सम्पूर्ण व्यवसायीलाई एकताबद्ध हुन अपिल गर्दै फैलाइएका आरोपहरू निराधार रहेको बताएका छन्। अन्य पदाधिकारीहरूले पनि महासचिवको कदमलाई संस्थागत अनुशासनविपरीत ठहर गरेका छन्।