News Desk
सशस्त्र प्रहरीले कोरलानाका हुँदै भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि त्यस विषयमा छानबिन गर्न गठित समिति आज मुस्ताङ पुगेको छ।
अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
कोरलानाकाबाट आयात गरिएका ती विद्युतीय सवारी साधनबारे अनुसन्धान गर्न शाक्य नेतृत्वको तीन सदस्यीय टोली आज बेनी–जोमसोम सडकमार्ग हुँदै जोमसोम पुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिएका छन्।