News Desk
काठमाडौं- नेपाल चेम्बर अफ कमर्श अन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङ सम्बन्धी कार्यशाला हुने भएको छ । चेम्बर सम्बद्ध सदस्य एवम् महिला उद्यमीहरुलाई लक्षित गरि सो कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यशाला आगामी १४ मे शुक्रबार अपरान्ह २:३० देखी ४:३० बजेसम्म भर्चुअल प्लेटफर्म गुगल मिटमा सुचारु रहनेछ । जिबिजी नेपालको सहयोगमा गर्न लागिएको उक्त कार्यशाला माझ प्रोडक्ट प्याकेजिङ ट्रेनर सुस्मिता थापाले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सहभागीहरुलाई निशुल्क रुपमा प्रशिक्षण दिन लागिएको हो ।
ब्रान्डिङ र प्याकेजिङ प्रतिस्पर्धी उत्पादनको महत्त्वपूर्ण अंश भकाले यस किसिमको कार्यशालाले उद्यमशिलता विकास, बजारिकरण तथा निर्यात प्रबर्द्धनमा सघाउ पुग्ने विश्वास लिन सकिन्छ । बिशेष गरि महिला उद्यमशिलता विकासका लागि प्याकेजिङ सम्बन्धी ज्ञानका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता महशुश हुँदै आएको छ ।