खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट बिनियोजन
News Desk
May-29 , 2021 तारिख 04:49 बेलुका

काठमाडौं । सरकारले खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत यो रकम बिनियोजन गरेका हुन् ।

त्यसैगरी कोभिड उपचारका लागि सरकारले ३७ अर्ब ५३ करोड रुपैयाँ बिनियोजन गरेको छ । कोभिड महामारी रोकथाम गर्न सरकार प्रतिबद्ध रहेको पनि अर्थमन्त्री पौडेलले  बताए । कोभिड नियन्त्रण गर्न बजेट अभाव हुन नदिने अर्थमन्त्रीले दाबी गरे  ।

कोभिड संक्रमित बिरामीको उपचारका लागि अक्सिजन अभाव हुन नदिने गरी बजेट बिनियोजन गरिएको उनले बताए । अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक सामान आयात गर्दा लाग्ने करमा सरकारले छुट दिएको उनले बताए ।

अर्थमन्त्रीले कोभिड जोखिमलाई निरन्तरता दिएको स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्न ७ अर्ब ५० करोड विनियोजन गरिएको उल्लेख गरे ।  काठमाडौंमा तीन सय बेडको सरुवा रोग अस्पताल स्थापनाका लागि बजेट विनियोजन गरिएको छ ।  बजेट मार्फत सय सय्या भन्दा माथिको बेड संख्या भएका अस्पतालले अनिवार्य अक्सिजन प्लान्ट निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ ।