निषेधाज्ञा अवधीभर साल्ट ट्रेडिङ एवम् खाद्य कम्पनीबाट खाद्यान्न र ग्यास खरिदमा २० प्रतिशत छुट
News Desk
May-29 , 2021 तारिख 05:04 बेलुका

 १५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने बताएका छन् ।

निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने उनले उल्लेख गरे ।