News Desk
काठमाण्डौँ । सरकारले बृद्धभत्ताको रकम ४ हजार रुपैयाँ पुर्याएको छ । यसअघि मासिक बृद्धभत्ता ३ हजार रुपैयाँ थियो । सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । नेपालमा २०५१ साल देखी बृद्धभत्ताको सुत्रपात भएको थियो ।
तत्कालिक मनमोहन अधिकारी नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारी बृद्धभत्ताका परिकल्पनाकार मानिन्छन् । उनले बजेट कार्यक्रम मार्फत २०५१/ ०५२ को बजेटमा पहिलो पटक बृद्धभत्ता दिने व्यवस्था गरेका थिए ।