शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने
News Desk
May-29 , 2021 तारिख 05:43 बेलुका

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।

यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।