दुर्गम क्षेत्रमा खाद्यान्न र नुन ढुवानीका लागि ७६ करोड
News Desk
May-29 , 2021 तारिख 06:50 बेलुका

काठमाडौं, १५ जेठ- कर्णाली लगायतका दुर्गम क्षेत्रमा खाद्यान्न र नुन ढुवानीका लागि प्रदान गरिने अनुदानलाई निरन्तरता दिन ७६ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन ।