News Desk
काठमाडौं, जेठ १५ – सरकारले बजेटमार्फत २० हजार लिटर खानेपानीमा छूट दिएको छ । यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागू हुने छ । यस्तै २० युनिट खपत गर्ने शतप्रतिशत र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छूट सरकारले दिने छ । यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने छ ।