हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन
News Desk
May-29 , 2021 तारिख 07:22 बेलुका

काठमाडौं – सरकारले हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । आज शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड बजेट विनियोजन गरेका हुन् । उनले एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा गरेका छन् । ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेको छैन ।