तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन
News Desk
May-29 , 2021 तारिख 07:24 बेलुका

काठमाडौं– सरकारले काठमाडौँको तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउन १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यातायात जाम कम गर्नका लागि सुरुङमार्ग बनाउन लागिएको अर्थमन्त्री विष्णु पौडेलले बताए । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ घोषणाका क्रममा यस्तो जानकारी गराएका हुन् । त्यस्तै, चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ ।