News Desk
काठमाडौं - सरकारले अध्यादेश मार्फत आ.ब २०७८।०७९ को बजेट ल्याएको छ । बजेटले सरसर्ती हेर्दा सबै क्षेत्रलाई समेट्न कोशिस गरेको देखिन्छ । संक्षिप्तमा बजेटले मुलभुत रुपमा निम्न ब्यबस्था गरेको छ ।
बजेट २०७८ का मुलभुत बुदाहरु निम्न बमोजिम छन ।
१. बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
२. सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन भएको छ ।
३.स्वास्थ्यमा हालसम्मकै बढि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन भएको छ ।
४.सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरे अनुसार ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याईएको छ ।
५. बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुर्याईएको छ ।
६. काठमाडौंका उद्योगलाई मकवानपुरमा सारेर थप सुविधा प्रदान गरिने ब्यबस्था गरिएको छ ।
७. स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण,सटिफिकेट धितो राखी २५ लाखसम्म दिइने ब्यबस्था गरिएको छ ।
८. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने ब्यबस्था गरिएको छ ।
९. अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा दिने ब्यबस्था गरिएको छ ,
१०. महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि गरिएको छ ।
११.मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा पुरै महसुल छुट दिने ब्यबस्था गरिएको छ।
१२. पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य गरिने ब्यबस्था गरिएको छ ।
१३. सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।
१४. रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन गरेको छ।
(१५.चलचित्र उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट गरेको छ ।
१६. आगामी १० बर्षभित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गरिने भएको छ ।
१७. सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, दुई महिनाको योगदान रकम सरकारले तिर्ने ब्यबस्था गरेको छ ।
१८. कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ ।
(१९. सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
२०. मुल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक बर्ष कर अधिकृत बाट प्रमाणिात गर्ने व्यवस्था खारेज भएको छ।
२१. विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौटी गरेको छ।
२२ कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड भएको छ ।
२३. अनुमानित करको लाग्ने सिमा २० लाखबाट बढेर ३० लाख पुर्याईएको छ ।
२४. म्यूचुअल फण्डको आम्दानीमा कर छुट दिने भएको छ ।
२५. डीजल तथा एलपि ग्यास खरिदमा लाग्ने भ्याटको क्रेडिट लिन पाइने
२६। राष्ट्रिय सहकारी बैंक तथा सहकारी संस्थाको ब्याज आम्दानीमा लाग्ने त्म्क् कट्टा गर्नु नपर्ने
२७। विवादित सांसद विकास कोष खारेज भएको छ ।
-डी पी दाहाल